वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ।
वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्दै मञ्चले सुझावसहितको ज्ञापन पत्र बुझाएको हो। नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा मञ्चले जोड दिएको छ।
वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण, वैदेशिक रोजगार ऐनमा सुधार, बजार प्रवर्द्धन र लागत खर्चको आधार कामदार पठाउँदा लिने सेवा शुल्कमा समयानुकूल वृद्धि लगायतका व्यवसायीहरूका जायज मागहरू सम्बोधन गर्न बारम्बार अनुरोध गर्दै आएको विषय पुनः स्मरण गराएको छ।
व्यवसायीहरूको निरन्तरको अनुरोध पछि पनि जायज मागहरूको प्रभावकारी सुनुवाइ नभएको अवस्था मञ्चको ठहर छ। आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममा केही विषय समेटिए पनि त्यसपछि आएको बजेट वक्तव्यमा छिटफुट रूपमा मात्रै सम्बोधन भएको मञ्चको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा