शिक्षा विधेयक प्राथमिकतामा नपरेपछि शिक्षामन्त्रीले लेखिन् शिक्षा समितिलाई पत्र

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पत्र लेखेकी छन्। समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिन भन्दै मन्त्री श्रेष्ठले समितिलाई पत्र लेखेकी हुन्।
विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएको उनको भनाइ छ।
विधेयक अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेको उनको भनाइ छ। शिक्षा मन्त्रालयबाट दर्ता भई समितिमा छलफलमा रहेका विधेयकहरू मध्ये शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखी दिन अनुरोध गरेकी हुन्।
मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि शिक्षा मन्त्रालयले २०८०–०५२७ मा सङ्घीय संसद्को प्रतिनिधि सभामा विधेयक पेश गरेको थियो। प्रतिनिधिसभा बैठकले छलफलका लागि शिक्षा समितिमा पठाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
‘रवीन्द्र मिश्र र धवल शमशेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो’
-
प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने
-
नगरकोट भ्रमण वर्ष तयारी पूरा
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला