सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, २५ जेठ २०८१, २१ : ५६
शुक्रबार, २५ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको २५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. संसदीय समितिमा गाँजा खेतीबारे छलफल

औषधीय र औद्योगिक प्रयोजनका लागि नियमावली बनाएर गाँजा खेती गर्न दिने पक्षमा गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुन एकमत देखिएका छन् । अर्कोतिर प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिले पनि दुवै मन्त्रालयलाई आगामी भदौसम्म मापदण्ड बनाएर गाँजा खेती खुला गर्न निर्देशन दिएको छ ।

२. माधवलाई झलनाथको टक्कर

नेकपा एकीकृत समाजवादीको असार ९१६–२०० सम्म काठमाडौँमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने योजना बनाइरहेको समयमा खनालले उनलाई टक्कर दिने भएका हुन् ।

३. छाडा गीत गाउनेसँग स्पष्टीकरण माग

छाडा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले एक दर्जन सदस्यलाई स्पष्टीकरण सोधेपछि विवाद सतहमा आएको छ ।

अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्‍याउने गायन प्रस्तुति दिएको भन्दै प्रतिष्ठानले बिहीबार शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुइली’, रिया खड्का, शङ्कर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ‘जीएम’ लाई स्पष्टीकरण सोधेको थियो ।

४. राजदूत फिर्ताबारे सरकार

सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको बताएको छ । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको बताइन् ।

५. महासंघको निर्वाचन स्थगित

नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।

६. प्रशारण लाइनबारे सर्वोच्च

विद्युत् प्रसारण लाइनका तार मुनि र त्यस क्षेत्रले ओगट्ने जमिनहरूको क्षतिपूर्ति अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सर्वोच्च अदालतले भारतको सतलज कम्पनीले निर्माण गरिरहेको अरुण– ३ को मुआब्जा विवादमा फैसला सुनाउँदै यस्तो परमादेश जारी गरेको हो ।

७. प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ । जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

यो पनि

८. मधेसमा नयाँ सरकार

मधेस प्रदेशमा शुक्रबार नयाँ मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जनमत पार्टीका सांसद् सतिशकुमार सिंहको नेतृत्वमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले कार्य जिम्मेवारीसहित शुक्रबार नै मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

९. आईटीबारे

सरकारले १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने  लक्ष्य लिएको छ ।  त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ छ ।

१० यो पनि...

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषय मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।

शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘गाउँ आएको बाटो’ गाउँको कथा बोलेको फिल्म हो, भने ‘लन्डन टु पेरिस’ले  प्रेमकथा विषय बनाएको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप