बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लापसे चेकिङमा परे पक्राउ ९ जना चालक

शुक्रबार, २५ जेठ २०८१, २१ : ११
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना ८ ख ३०५ नम्बरका मिनिबस चालक बाराका ३९ वर्षीय दिनेश शाह तेली, ग १ ख ७१ ४५ नम्बरका बस चालक तनहुँका ३६ वर्षीय सन्तोष घर्ती, प्रदेश ३–०१–००५ ख ९९ २१ नम्बरका बस चालक नुवाकोटका २७ वर्षीय अर्जुन तामाङ र बागमती प्रदेश ०६–००१ ज ०१७४ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ वर्षीय वीरबहादुर महतोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, लु ३ च ३५४ नम्बरका पिक अप चालक रुपन्देहीका २८ वर्षीय मोहम्मद उमर, प्रदेश २–०३–००१ ख ६५ ९२ नम्बरका ट्रक चालक सर्लाही घर भएका २७ वर्षीय जलेन्द्र परियार, ना ८ ख ७२ १४ नम्बरका ट्रक चालक पर्साका २६ वर्षीय राकेश रावत, प्रदेश २ ०३–००१ ख ०० ७० नम्बरका ट्रक चालक कास्कीका ३८ वर्षीय आशिष शर्मा र ना ६ ख ४० ०२ नम्बरका कन्टेनर चालक धादिङका ३८ वर्षीय लीलाबहादुर गन्धर्वलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब, मा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप