ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको । ई- स्पोर्ट्स संघ नेपालको आयोजनामा ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना हुने भएको हो ।
संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको छ । पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६ को फाइनल राउण्ड भौतिक रूपमा गरिने जानकारी दिइएको छ । मोबाइल लिजेण्डका सम्पूर्ण खेल अनलाइन र ई-फुटबलको प्रारम्भिक छनोट अनलाइन र सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रूपमा सञ्चालन गरिने बताइएको छ ।
संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।
प्रतियोगिताको प्राईज १२ लाख रुपैयाँ रहेको छ । प्राईजको ७० प्रतिशत पुरस्कार पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई-फुटबलमा बाँडिनेछ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई-स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताइएको छ ।
टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरी तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । संघको वेवसाईटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रूपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।
अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रूपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
संघका अध्यक्ष अन्जन धमलाले आधुनिक खेल विधाको रूपमा अन्तर्राष्ट्रिय रूपमा उदाएको ई स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रूपमा विकास गर्ने लक्ष्यसहित आफूहरू अघि बढेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद
-
होलीको अपमान गरेको भन्दै फराहविरुद्ध मुद्दा