भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त
शुक्रबार, २५ जेठ २०८१, २० : ४७

काठमाडौँ । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।
राष्ट्रपतिसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ शुक्रबार एनडीए नेताहरूले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । राष्ट्रपतिलाई बुझाएको पत्रमा नरेन्द्र मोदी संसदीय दलको नेतामा निर्वाचित भएको उल्लेख गरिएको छ ।
मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?