मधेस प्रदेश सरकारले प्रत्यक्ष सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बजेट चलाउन दिने
शुक्रबार, २५ जेठ २०८१, १७ : २५
धनुषा । मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।
शुक्रवार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेको हो ।
मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?