बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

शुक्रबार, २५ जेठ २०८१, २३ : २२
शुक्रबार, २५ जेठ २०८१

पोखरा ।  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् ।  सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए । 

पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ ।  त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ । 

पाण्डे यसैको छलफलका लागि बिहीबार काठमाडौँ पुगेका थिए । विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेका उनीनिकट स्रोतले भन्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप