बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अवैध बन्दुक किनेको आरोपमा मुद्दा खेपिरहेका छन् बाइडेनको छोरा

शुक्रबार, २५ जेठ २०८१, १६ : ५१
शुक्रबार, २५ जेठ २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले यतिबेला अवैध रूपमा बन्दुक किनेको र राखेको मुद्दा खेपिरहेका छन् । हन्टरले हतियार किन्न धेरै पटक झूट बोलेको समेत बताइएको छ ।

उनीमाथि सन् २०१८ को अक्टोबरमा बन्दुक किन्दा लागुऔषधको कूलतबारे झूट बोलेको आरोप छ । अक्टोबर २०१८ मा हन्टरले डेलावेयरको कोल्ट कोब्रा स्पेशलिटी स्टोरबाट बन्दुक किनेका थिए ।

त्यसबेला बन्दुक किन्न उनले फारममा गलत जानकारी दिएका थिए । आफू लागु औषधको कुलतमा नरहेको उनले बताएका थिए ।

एक रिपोर्टका अनुसार अदालतले यस मामिलामा हन्टरलाई दोषी ठहर गरेको थियो । हालै एक सुनवाइमा हन्टरकी पूर्व प्रेमिकाले हरेक २०/२० मिनेटमा उनले कोकिन लिएको बताएकी थिइन् ।

सत्तासीन राष्ट्रपतिका छोरामाथि अमेरिकामा फौजदारी मुद्दा चलेको यो पहिलो पटक हो । यो मुद्दामा दोषी ठहर भए भने हन्टरलाई २५ वर्षको जेल सजाय हुनेछ ।

बाइडेनले छोरालाई माफ नगर्ने

यस मुद्दामा छोरा दोषी भेटिएमा राष्ट्रपतिको रूपमा उसलाई माफ नगर्ने बाइडेनले बताएका छन् । हालै एक अन्तरवार्तामा उनले मुद्दाको फैसला स्वीकार गर्ने बताएका थिए ।

यसअघि डिसेम्बरमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले पनि राष्ट्रपतिले आफ्ना छोरालाई माफ नगर्नेमा आफू निकै स्पष्ट रहेको बताएको भन्दै समाचार प्रकाशित भएको थियो । तर यसअघि बाइडेनले छोरालाई समर्थन गरेका थिए ।

छोरा लागु औषधको लतबाट निस्किएको देखेर आफूलाई गर्व लागेको उनको भनाई थियो ।

मुद्दा चलिरहँदा भने बाइडेनले गरेका थिए छोरालाई समर्थन

‘म राष्ट्रपति हुँ, तर म पिता पनि हुँ । प्रथम महिला जिल र म हाम्रो छोरालाई माया गर्छौँ । हन्टरले प्रतिकूल स्थितिको सामना गरेर कुलतबाट निस्किन जुन ताकत देखाएका छन् त्यो हाम्रो लागि प्रेरणादायी छ ।’

मुद्दा चलिरहेको बेला बाइडेनले एक बयानमा भनेका थिए । कयौँ परिवारमा लागु औषधको लतबाट मुक्त भएका व्यक्तिहरू रहेको र राष्ट्रपतिको हैसियतले आफूले विचाराधीन सङ्घीय मामिलाहरूमा टिप्पणी नगर्ने तर पिताको रूपमा आफ्नो छोराप्रति अपार माया, विश्वास र उसको ताकतको सम्मान गर्ने पनि उनले बताएका थिए ।

डेलावेयर अदालतमा मङ्गलवार भएको थियो सुनुवाइ

यसअघि मङ्गलवार डेलावेयरको सङ्घीय अदालतमा अभियोजन पक्षले अवैध बन्दुक राखेको मुद्दामा न्यायाधीशहरूसमक्ष आफ्नो मुद्दा तर्क पेस गरेको थियो । यस क्रममा अभियोजन पक्षले बाइडेनका छोरा लागुऔषध दुर्व्यसनी भएको बताए ।

उनले बन्दुक लिन भर्नु पर्ने फारममा झुटा जानकारी दिएको बताइएको थियो ।  हन्टरका वकिल एबे लोवेलले ट्रायलमा पेस गरिएका प्रमाणहरूले हन्टरले जानाजानी नियमहरू उल्लङ्घन नगरेको देखाएको दलिल पेस गरेका थिए ।

बन्दुक किनेको समयमा हन्टर लागु औषधको दुर्व्यसनबाट बाहिर निस्किने क्रममा रहेको उनीहरूको जिकिर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप