८ औँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
काठमाडौँ । एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा संचालन भएको ८ औँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहका बिच शुक्रबार समापन गरेका हुन् ।
प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम रावतलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुंगानालाई ‘बेस्ट रिसर्च अवार्ड’ र सशस्त्र प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गरेका थिए ।
महानिरीक्षक अर्यालले यस किसिमको शैक्षिक एवं व्यावसायिक ज्ञानले संगठनमा आवद्ध अधिकृतहरूको व्यावसायिक दक्षता अभिवृद्धि हुनुको साथै विद्यमान तथा नविनतम सुरक्षा चुनौतीहरूलाई परास्त गर्न सक्ने योग्य कमाण्डर निर्माणमा समेत अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले सशस्त्र प्रहरी अधिकृतहरूले आफ्नो व्यावसायिक जीवनमा उपलब्धि हासिल गर्दै सांगठनिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै सांगठनिक लक्ष्य प्राप्तिका सबै क्षेत्रहरूमा अझ बढी क्रियाशील भई त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा। कुशुम शाक्यले सुरक्षा चुनौतीहरूलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञानको उच्चतम प्रयोग गर्दै देश र संगठनको हितमा कार्य गर्न तथा अधिकृतहरूको क्षमता अभिवृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरे ।
६० हप्ता अवधिको सो कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक ९ र सशस्त्र प्रहरी नायव उपरीक्षक ५ गरी १४ जना अधिकृतहरूको सहभागिता रहेको थियो ।
समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका पदाधिकारीहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकी बुहारीले फिर्ता लिइन् सिनेटको सिटमा दाबी
-
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
-
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा