नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ
शुक्रबार, २५ जेठ २०८१, १५ : ०३

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले ३५ हजार रुपैयाँ घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनलाई कार्यालय बाहिर नजिकको एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनको साथबाट अख्तियारले स्रोत नखुलेको थप ५० हजार रुपैयाँ पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
-
युक्रेनी मामिलामा युरोपसँग कुरा गर्दै अमेरिका