नाउपा आधिकारिक रूपमा विभाजन उन्मुख भएकै हो ?
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रमुख सचेतक खुशीराम चौधरी (भीमसेन)ले शुक्रबार पार्टीकै नेतृ कोमल ज्ञवालीसँगको भेटवार्तापछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखे, ‘नागरिक उन्मुक्ति पार्टीको संस्थापक कोमल ज्ञवालीज्यूसँग पार्टीको जीवन र एकताबारे गम्भीरतापूर्वक छलफल ।’
नाउपाभित्र ज्ञवाली पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र चौधरी पार्टी संरक्षक रेशमलाल चौधरी पक्षका मानिन्छन् । प्रमुख सचेतक चौधरीले लेखेको ‘पार्टीको जीवन र एकता’ भन्ने वाक्यांशले के नागरिक उन्मुक्ति पार्टी विभाजन उन्मुख भएको हो भन्ने लगायतका सवाल सतहमा ल्याइदिएको छ ।
लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति सङ्घर्षले नाउपा विभाजनको सँघारमा पुगेको सुदूरपश्चिम प्रदेश सभामा उसको भूमिकाले पनि स्पष्ट पारेको छ ।
एमाले, माओवादीसहित दलको सत्ता गठबन्धन बनेपछि नाउपाभित्र किचलो सुरु भएको थियो । पार्टी अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उभिइन् भने पार्टी संरक्षक चौधरी कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा उभिए । त्यसको समानान्तर प्रभाव सुदूरपश्चिम प्रदेश सरकारमा पार्यो ।
हाल रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सुदूरपश्चिम सरकारका विभागीय मन्त्री छन् भने बाँकी ५ जना सांसद प्रदेश सभाको प्रतिपक्षको बेञ्चमा बस्दै आएका छन् ।
नाउपा विभाजन भएकै हो भन्ने जिज्ञासामा पार्टीका नेता पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी भन्छन्, ‘पार्टी र संसदीय दल फरक कुरा हो । स्वाभाविक रूपमै विद्यालयमा प्रिन्सिपलको नेतृत्व रहन्छ भने घरमा अभिभावकको रहन्छ । जुन कारण प्रदेशमा संसदीय दलको नेतृत्व रहन्छ ।’
लक्ष्मणकिशोर रेशम पक्षका नेता मानिन्छन् । तर रञ्जिता पक्षका नेताहरूको फरक तर्क छ । पार्टीका नेता दामोदर पण्डित भन्छन्, ‘संसारमा नभएको नौटङ्की हाम्रै पार्टीभित्र र सुदूरपश्चिममा छ । एउटै दलका सांसद कोही सत्ता पक्षमा, कोही प्रतिपक्षमा छन् । यस्तो कहीँ हुन्छ दलगत रूपमा ?’
नाउपा आधिकारिक रूपमा विभाजन हुनमात्रै बाँकी हो भन्ने जिज्ञासामा पण्डितले अगाडि थपे, ‘पार्टी चाहिँ फुटेको छैन । फुट्न पनि सक्दैन । कानुन र विधिले दिएको भए फुटिसक्थ्यो । अर्कै अध्यक्ष पनि बनाइसक्थे । चुनाव चिह्न ढकिया पनि चाहियो नि ! त्यो पनि नभएपछि के गर्नु ? ७ जना एकै ठाउँमा भए कति राम्रो हुन्थ्यो । पाएको मुख्यमन्त्री गुमाउनुभएको छ । न सम्झिने, न सम्झाएर हुने । महान् बुझक्कड बन्नु भो साथी ।’
गत पुसमा सम्पन्न नाउपाको महाधिवेशनले सर्वसम्मत रूपमा रेशमलाल चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । तर निर्वाचन आयोगले रेशमलाललाई अध्यक्षमा स्वीकार नगरेपछि नाउपा पुरानै अवस्थामा फर्केको थियो । यसैक्रममा रेशमलालले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदन सर्वोच्चमा विचाराधीन छ ।
यसैबिच रेशमलालले सर्वोच्चको फैसला नआउँदासम्म आफू नै पार्टी अध्यक्ष भएको बताउँदै पार्टी विभाजन नभएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता