सुदूरपश्चिममा मानवअधिकार आयोगमा उजुरी घट्दै

महेन्द्रनगर । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी दिने क्रम घट्दै गएको छ । स्थापनादेखि (२०६३ साल) आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् ।
आयोगको प्रदेश कार्यालयका मानवअधिकार अधिकृत विदेशराम चौधरीले आयोगमा पछिल्ला वर्षहरुमा उजुरी दिने क्रम घट्दै गएको बताए । “पुराना र नयाँ गरी यस वर्ष २१ वटा मुद्दाको अनुसन्धान गरी प्रतिवेदनसहित क्षतिपूर्ति, कारबाहीलगायत सिफारिस केन्द्रीय आयोगमा पठाउँदै छौँ”, उनले भने, “चालु आर्थिक वर्षमा पाँचदेखि सात वटा उजुरी मात्रै यहाँ दर्ता भएका छन् ।”
द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित रहेको बताउँदै चौधरीले यहाँ परेका उजुरीमध्ये धेरै खारेजी, केही तामेली र केहीले क्षतिपूर्ति पाइसकेको जानकारी दिए । “आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी ४०/५० को सङ्ख्यामा आए पनि धेरै तत्काल समाधान भइहाल्छन्”, उनले भने, “उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने किसिमका मुद्दा कम आउने गरेका छन् ।”
आयोगको सिफारिसप्रति राज्य गम्भीर नभएकाले पनि आयोगमा उजुरी आउने क्रम घटेको हुनसक्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’