मानहानी मुद्दामा राहुल गान्धीले पाए जमानत

नयाँ दिल्ली । बेंगलुरुको एक विशेष अदालतले कांग्रेस नेता राहुल गान्धीलाई अवहेलना मुद्दामा जमानत दिएको छ ।
यो मुद्दा भाजपाको कर्नाटक इकाईले दायर गरेको थियो । २०२३ मा विधानसभा चुनावअघि कांग्रेसले पत्रपत्रिकामा दिएको विज्ञापन विरुद्ध भाजपा कर्नाटक अदालतमा पुगेको थियो । विज्ञापनमा भाजपालाई भ्रष्ट भनिएको थियो ।
यसअघि सोही मुद्दामा कर्नाटकका कांग्रेस प्रमुख डीके शिवकुमार र मुख्यमन्त्री सिद्धरामैयाले जुन १ मा जमानत पाएका थिए । यस मामिलामा भाजपाले अवहेलना मुद्दा दायर गरेको राहुल गान्धी चौथो व्यक्ति थिए ।
राहुल गान्धीसहित कांग्रेस पार्टी, डीके शिवकुमार र सिद्धरामैया विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । भाजपाका नेताहरूले मुख्यमन्त्री पदमा नियुक्तिको लागि २५ अर्ब र मन्त्री पदको लागि ५ अर्ब भारु मूल्य तोकेको कंग्रेसले अरोप लगाएको भन्दै भाजपाले मुद्दा हालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक