तस्बिरमा हेर्नुहाेस् प्रधानमन्त्री कार्यालयकै ‘मिडिया सेन्टर’को दुरवस्था
![तस्बिरमा हेर्नुहाेस् प्रधानमन्त्री कार्यालयकै ‘मिडिया सेन्टर’को दुरवस्था](https://npcdn.ratopati.com/media/news/media-center-f_JRPoofr7Va.jpg)
काठमाडौँ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भन्दा २० मिटर पूर्वतर्फ एकतले भवन छ । सेतो रङ लगाइएको उक्त भवनको अगाडितर्फ ‘मिडिया सेन्टर’ लेखिएको देख्न सकिन्छ । तर, पछिल्ला दिनमा सरकारका निर्णयहरू यो सेन्टरबाट सार्वजनिक गरिने गरेको छैन ।
जसले गर्दा प्रधानमन्त्रीको कार्यालयसँगै रहेको ‘मिडिया सेन्टर’ प्रयोगविहीन भएको मात्र छैन यसको औचित्यमाथि नै प्रश्न उठ्न पुगेको छ । मिडिया सेन्टर प्रयोगमा नआउँदा जडित संरचनाहरू भताभुङ्ग र असरल्ल बनेका प्रस्टै देख्न सकिन्छ ।
सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न भनेर स्थापना गरिएको मिडिया सेन्टरको दुरावस्थाबारे कर्मचारीहरूको नजर पर्न सकेको देखिँदैन ।
मिडियाकर्मीहरुको सुविधाका लागि बनाइएको भवनभरि सरसफाईको अभाव देखिन्छ भने शौचालयमा जडान गरिएका धारा फोहोरले छोपिएका देखिन्छन् । जोडिएका धारामा पनि पानी आउँदैन ।
त्यतिमात्रै होइन, मिडिया सेन्टरमा जडान गरिएका लाखौँ रुपैयाँ पर्ने उपकरण यत्रतत्र र दुरावस्थामा पुगेको जोकसैले देख्न सकिन्छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम बाबुराम भट्टराईको पालामा सिंहदरबारमा स्थापना गरिएको यो मिडिया सेन्टरलाई प्रयोगमा ल्याउन सरोकारवालाहरूले ध्यान दिएको समेत देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
-
महान् १० वर्षे जनयुद्धका उपलब्धि
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
‘एउटा अध्यादेशले त पसिना काढ्नुपरेको छ, संविधान संशोधन धेरै परको कुरा हो’
-
जनयुद्धले उठान गरेका मुद्दा नै गणतन्त्रको आधारशिला
-
मधेस कृषि विश्वविद्यालयमा कर्मचारीहरूले लगाए ताला