सत्ता राजनीति
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
शुक्रबार, २५ जेठ २०८१, १२ : २५
वीरगन्ज । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरेकी हुन् ।
प्रदेश कार्यालयबाट नियुक्ति पत्र प्राप्त भएको नवनियुक्त मुख्यमन्त्री सिंहले रातोपाटीलाई बताए । उनका अनुसार अब केहीबेरमा शपथग्रहण गर्ने कार्यक्रम छ ।
सिंहले प्रदेश प्रमुखको कार्यालयमा ६ दलका ५५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?