मानहानिको आरोपमा बेंगलुरुको अदालतमा राहुल गान्धीको पेशी

नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धी कर्नाटक भाजपाको मानहानि गरेको मुद्दामा शुक्रबार विशेष अदालतमा उपस्थित हुँदै छन् । समाचार एजेन्सी एएनआईले केही समयअघि राहुल गान्धी दिल्ली एयरपोर्ट पुगेका तस्बिर जारी गरेको छ । त्यहाँबाट उनी बेंगलुरुको लागि उडान गर्ने छन् । गत वर्ष कर्नाटक विधानसभा चुनावमा कांग्रेसले राज्यको तत्कालीन भाजपा सरकारलाई व्यापक स्तरमा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको थियो ।
कांग्रेस पार्टीले यस सम्बन्धमा अखबार मा ठुलो विज्ञापन पनि दिएको थियो । त्यसपछि कर्नाटक भाजपाले राहुल गान्धी, सिद्धरामैया र डीके शिवकुमार विरुद्ध मानहानिको मुद्दा दायर गरेको थियो । त्यसबेला प्रदेशको तत्कालीन बोम्माई सरकारले ४० प्रतिशत कमिसन लिएर मात्र काम गरेको पार्टीले आरोप लगाएको थियो ।
चुनावी प्रचारका क्रममा कांग्रेसले रेट कार्ड पनि जारी गरेको थियो । विशेष अदालतले यस मामिलामा जुन १ मा राज्यका वर्तमान मुख्यमन्त्री सिद्धरामैया र उपमुख्यमन्त्री डीके शिवकुमारलाई जमानत दिइसकेको छ । अहिले कर्नाटकमा कांग्रेसको सरकार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?