बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बाबरले उछिने विराटलाई

शुक्रबार, २५ जेठ २०८१, १० : २२
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । पाकिस्तानका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा पुगेका छन् । उनले यस मामिलामा भारतीय ब्याटर विराट कोहलीलाई उछिनेका हुन् ।

बिहीबार अमेरिकासँग भएको खेलमा ४४ रन जोड्दै बाबरले टी–२० अन्तर्राष्ट्रियमा ४ हजार ६७ रन बनाएका छन् । उनले १२० खेलमा ४१.०८ को औसतले ३ शतक र ३६ अर्धशतक प्रहार गरेका छन् । 

दोस्रो स्थानमा रहेका विराट कोहलीले ४ हजार ३८ रन बनाएका छन् । यो सूचीको तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् । उनले ४ हजार २६ रन बनाएका छन् । 

चौथो स्थानमा आयरल्याण्डका पाउल स्टर्लिङ छन् । उनको ३ हजार ५९१ रन छ । पाँचौँ स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ५३१ रन जोडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप