खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाको जोड
काठमाडौँ । खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाले जोड दिएका छन् । विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले सो विषयलाई जोड दिएका हुन् ।
मन्त्रालयका सचिव राजेन्द्र मिश्रले स्वच्छ खाना खान पाउने सम्पूर्ण आम नागरिकको अधिकार रहेको बताउँदै मन्त्रालयले त्यसतर्फ काम गर्दै आएको दाबी गरे । उनले खाद्य सुरक्षा बहुआयमिक विषय भएकोले यसको अवस्था सुधारका लागि बहुक्षेत्रिय समन्वय र सहकार्यबाट मात्र सम्भव हुने बताए ।
उनले विभागले स्थानीय, प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर स्वच्छ खाद्य सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम गर्न आजको आवश्यकता रहेको बताएका छन् । “केही समयपछि बर्खाको समय आउँदै छ र खाद्य जोखिम पनि उत्तिकै आउँछ' उनले भने, 'त्यसैले तीनै सरकारले यस्तो समयमा सम्वन्य गरेर जनतालाई बचाउन आवश्यक छ ।'
उनले मुलुकमा देखा परेको खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाहरूले उच्च पहलकदमी लिनुपर्ने बताए ।
संविधानले मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको हकको व्यवस्था गरेको छ। तसर्थ खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन सङ्घीय संसदले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको छ। यस ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको उनले बताए ।
उनले भने, “ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित खाद्य व्यवसायी, सरकारी एवं गैर सरकारी सङ्घसंस्था, उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घसंस्था, लगायतका सरोकारवालाहरूको महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी भएपनि प्रदेश र स्थानीय तहमा खाद्य सम्बन्धी जनचेतना कार्यक्रम नगरेसम्म ऐन कार्यन्वयनमा ल्याउन सहज नहुने बताएकी हुन् । उनले खाद्य सुरक्षा राज्यको अर्थतन्त्रसँग जोडिएकाले तीनै तहले यसमा जोड दिन आवश्यक रहेको बताइन् ।
उनले विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्वतयारी गर्न खाद्य स्वच्छतामा लगानी अभिवृद्धि गर्दै जोखिम न्यूनीकरणका लागि खाद्य शृङ्खलाको प्रारम्भिक उत्पादन देखि प्रशोधन, सञ्चयन, ढुवानी, बिक्री वितरण र उपभोगसम्मको प्रत्येक चरणमा संलग्न सबै सरोकारवालाको अहम् भूमिका रहने बताइन् ।
‘खाद्य स्वच्छतामा लगानी बढाऔँ अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित