आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

मधेस प्रदेश : सरकार गठनको लागि गठबन्धनले पेस गर्‍यो ५५ जनाको नामावली

शुक्रबार, २५ जेठ २०८१, ०८ : १४
शुक्रबार, २५ जेठ २०८१

जनकपुर । मधेस प्रदेश नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको छ ।  प्रमुख सुमित्रा भण्डारीसमक्ष गठबन्धनको तर्फबाट ५५ को दाबी पेस गरिएको माओवादी प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए । 

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो । 

एमाले–माओवादी गठबन्धनले  जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाएको हो । मुख्यमन्त्रीमा नियुक्ति भएपछि सिंहलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप