सरकार गठन
मधेस प्रदेश : गठबन्धनले सरकारमा दाबी पेस गर्दै, आजै मुख्यमन्त्रीको शपथ
शुक्रबार, २५ जेठ २०८१, ०६ : ३४
जनकपुर । मधेस प्रदेश नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।
एमाले–माओवादी गठबन्धनले आज बिहान ७ बजे जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने भएका छन् ।
नवनियुक्त मुख्यमन्त्रीलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?