घरेलु मैदानमा खेल्न नपाएको नेपाललाई यूएईले सजिलै हरायो
काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा बिहीबार नेपाल पराजित भएको छ । साउदी अरबमा खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ४–० गोलले हराएको हो । एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपालले भोगेको यो लगातार पाँचौँ हार हो ।
बिहीबार राति खेलिएको खेलमा यूएईले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो हाफमा यूएईका लागि दुबै गोल हरिब अब्दल्लाले गरेका हुन् । उनले तीन मिनेटको बिचमा दुई गोल गरे । खेल सुरु भएको १२औँ मिनेटमै उनले टोलीलाई अग्रता दिलाएका थिए ।
उनले १४ औँ मिनेटमा अर्को गोल थपेका थिए । यूएईले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । यूएईका लागि तेस्रो गोल ५३औँ मिनेटमा अली सालेहले गरेका थिए । हाजिम मोहम्मद अब्दुल्लाह अब्बासले ७५ औँ मिनेटमा यूएईका लागि चौथो गोल गरेका थिए ।
नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेलेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रंगशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।
सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रंगशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नुपर्ने जानकारी गराएको थियो ।
सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरबमा खेलेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरबमै खेलिने छ । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।
हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो । नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो ।
समूह ‘एच’ मा पाँच खेल खेलेको यूएई १५ अंकसहित पहिलो स्थानमा छ । यूएई विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ । पाँच खेल खेलेको नेपालले भने हालसम्म अंक बटुल्न सकेको छैन । बिहीबार राति नै खेलिएको समूह ‘जी’ अन्तर्गतको खेलमा साउदी अरेबियाले पाकिस्तानलाई ३–० गोलले हरायो । समूह ‘आई’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २–० गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री