शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एमाले रुपन्देही अधिवेशन : नयाँ नेतृत्वका चयनका लागि सहमतिको प्रयास

बिहीबार, २४ जेठ २०८१, २२ : ३१
बिहीबार, २४ जेठ २०८१

बुटवल । नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भैरहेको छ । बुटवलमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास भैरहेको हो । 

अध्यक्ष  मण्डलका सदस्य  एवं एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले अध्यक्षका लागि  तीन जनाको उम्मेदवारी परेको बताउँदै सकभर मिलाएर लैजाने तयारी भैरहेको बताए । यदि सहमति नभए निर्वाचन जाने उनले बताए । अध्यक्षमा तेजेन्द्र केसी, यज्ञ गैरे र खेम लुइँटेलको उम्मेदवारी परेको छ ।

केही पदमा मिलाउने गरी छलफल भइरहेको बताइएको छ ।  अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी, सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिला तर्फको उपसचिवमा सुनिता ठठेर हुने गरी सहमति नजिकै पुगिएको बताइए पनि औपचारिक घोषणा भने भएको छैन ।

निर्वाचन समितिले शुक्रवार बिहान ७ बजेसम्म सहमति नभएमा निर्वाचन गर्ने तयारी पनि  गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप