१० बजे, १० समाचार
आज मिति २०८१ साल जेठ महिनाको २४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१ राजदूत फिर्ता बोलाउने निर्णय
सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।
२. विधेयक पारित
सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ सङ्घीय संसद्बाट पारित भएको छ । देशभित्रै सुरक्षण मुद्रण सामग्रीको सुरक्षित, भरपर्दो र गुणस्तरीय छपाइ गर्न सुरक्षण मुद्रण केन्द्र स्थापना तथा सञ्चालनका लागि विधेयक निर्माण गरिएको हो ।
३. मन्त्रिपरिषद् पुनर्गठनको विषय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एकरएक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई समेटेर मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । तर उनको प्रस्तावमा एमालेका अध्यक्ष केपी ओली असहमत भएको पाइएको हो ।
४. दुर्गा प्रसाईंको मुद्दाको पूर्णपाठ
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।
५. सुन तस्करी प्रकरण
हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न आरोपमा सीआईबीले १० जनालाई थुनेर अनुसन्धान गरिरहेको छ । दोस्रो चरणको अनुसन्धानको क्रममा सुनको रकम भुक्तानी गर्दा मोबाइल वालेटको पनि दुरुपयोग भएको भेटिएको छ ।
६. मधेस सरकार
जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
७. कोशीको मुद्दा
सर्वोच्च अदालतले कोशी प्रदेशको विवादलाई सार्न नपाउने सर्त राख्दै आइतबारका लागि पेशी तोक्न आदेश गरेको छ। सर्वोच्चले उक्त दिन अन्तिम फैसलाका लागि पूर्ण इजलास गठनको आदेश गरेको हो। सामान्यतया पूर्ण र वृहत्तपूर्ण इजलासहरू बिहीबार बस्ने अभ्यास भए पनि इजलासले आइतबारको पेशी तोकिएको हो ।
८. सुदूरपश्चिमको नीति तथा कार्यक्रम स्वीकृत
दूरपश्चिम प्रदेश सरकारको आव २०८०÷०८१ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ । प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।
९. सेयर बजार
बिहीबार नेपाल स्टक एक्सचेन्ज १.९३ अङ्कले घटेको छ । यससँगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ । यससँगै साताको कारोबारको ५ दिनमध्ये ३ दिन घटेर तथा २ दिन बढेर बजार बन्द भएको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।
१०. उच्चको आदेश
१४ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट