धावनमार्ग चर्किएपछि एक घण्टा उडान अवरुद्ध
बिहीबार, २४ जेठ २०८१, २१ : ४८
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण अहिले फेरि सञ्चालनमा आएको छ ।
विमानस्थलको धावनमार्ग चर्किएपछि पछि आज साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, “धावनमार्ग चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन् ।”
यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी–डी) मा (क्य्राक) चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य