बसाइँसराइले रित्तिँदै मौलाछ गाउँ
गलकोट । “गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ”, जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोखिन् ।
उनका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिदै गएको बताइन् । सिङ्गो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन् । बालबालिका त छैनन भन्दा पनि हुने अवस्था छ । बसाइँसराइ बढ्दै जाँदा पुराना घर खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाँझिने क्रम बढेको छ ।
जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उनको भनाइ छ । “मौलाछमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्”, शर्माले भनिन्, “यहाँका मानिसहरु चितवन, पोखरा, काठमाडौँ र बुटवलमा बसाइँ सर्ने गरेका छन् ।” बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीबिहीनको अवस्थामा पुगेको छ ।
स्थानीय हीरा पौडेलले भनिन्, “बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरैमाथिको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, सबै पढ्न र जागिरको खोजीमा गाउँ टाढेपछि अहिले सुनसान भएको छ ।”
उनका अनुसार गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसकेको छ । बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ ।
मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो । अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर र कागतीखेती कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।
“बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ”, शर्माले भने । गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ ।
नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैंसेपाटीको हनिट्रयाप घटनाका योजनाकारलाई थुनामा पठाउन आदेश
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने