गौतमले पाए अवार्ड
बिहीबार, २४ जेठ २०८१, २१ : १७

काठमाडौँ । सातौँ एलजी सिने सर्कल अवार्डमा अनुपम गौतमले अवार्ड प्राप्त गरेका छन् । हालै नेपाल आर्मी क्लबमा सम्पन्न कार्यक्रममा 'वेस्ट भीएफएक्स अफ द इयर'मा चलचित्र उपहारबाट गौतमले अवार्ड प्राप्त गरेका हुन् ।
हलिउड र हाल बलिउडमा अत्यधिक रुपमा भीएफएक्सको प्रयोग हुने गरेको छ । बक्स अफिसमा सर्वाधिक कमाउन सफल चलचित्र अवतार, एभेन्जर्स, टाइटानिक, स्टार वार जस्ता चलचित्रमा पनि भीएफएक्सको निकै ठुलो भूमिका रहेको थियो ।
नेपाली चलचित्र क्षेत्रमा बल्ल बामे सर्दै गरेको भीएफएक्स अत्यन्तै कठिन बिधा भएको हुनाले राम्रो भीएफएक्स गर्ने प्राबिधिकको नेपालमा कमि रहेको बताइने गरेको छ ।
नेपाली चलचित्रलाई उकास्ने र विश्व सामु नेपाली चलचित्रको राम्रो छाप छाड्ने हाे भने भीएफएक्सलाई राम्रोसँग अपनाउनु पर्ने सरोकारवालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर