शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

बिहीबार, २४ जेठ २०८१, २१ : ११
बिहीबार, २४ जेठ २०८१

बुटवल । पाल्पामा लोडर दुर्घटना भएको छ । बिहीबार भएको दुर्घटनामा सहचालकको मृत्यु  भएको छ भने चालक घाइते भएका छन् । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सहचालक बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षीय कमल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी– २ का ३० वर्षीय समीर चौधरी घाइते भएका छन् ।  

घाइते चौधरीलाई उपचारका लागि बुटवल पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप