शान्ति सुरक्षा प्रबन्धमा प्रशासन प्रतिबद्ध छ : सीडीओ चिलुवाल

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सीडीओ तीर्थराज चिलुवालले शान्ति सुरक्षा प्रबन्धमा प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताए । उनले नागरिकलाई निर्धक्क रहेर जीविकोपार्जनमा अग्रसर हुने वातावरण निमार्णमा प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
हालै गृह मन्त्रालयबाट सरुवा भएर मकवानपुरको कमाण्ड सम्हालेका सीडीओ चिलुवालले बिहीबार पत्रकार भेटघाटमा सहज र स्तरीय सेवा प्रवाह प्रशासनको प्राथमिकतामा रहेको बताए ।
‘गुणस्तरीय सेवा र सुरक्षा प्रशासनको प्राथमिकतामा रहेको विषय हो । आम नागरिकले सुरक्षित महसुस हुने गरी आफ्नो दैनिक सञ्चालन गर्ने वातावरण निर्माणमा कुनै कञ्जूयाइ रहन्न । कानुन विपरीत हुने कामको विरुद्धमा प्रशासन सधैँ सक्रिय रहन्छ,’ उनले भने ।
सीडीओ चिलुवालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन प्रशासन प्रतिबद्ध रहेको बताए । जिल्लाका सम्पूर्ण सरकारी निकायबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त तथा गुनासो रहित बनाउन प्रशासनले भूमिका खेल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?