शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश योजना आयोगले पायो पूर्णता

बिहीबार, २४ जेठ २०८१, २० : ५५
बिहीबार, २४ जेठ २०८१

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ । एक उपाध्यक्षसहित ३ जना सदस्य रहने व्यवस्था छ । 

यसअघिनै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा बिहीबार ३ जना सदस्य नियुक्त भएपछि पूर्णता पाएको हो ।

बिहीबार बसेको लुम्बिनी मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्यमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थिले जानकारी दिए । उपाध्यक्षमा यसअघि सरोज खनाल नियुक्त भएका थिए ।   

यस्तै बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा कार्यालय स्थापना गर्ने, बहुबर्षीय योजनाहरूलाई अगाडि बढाउने निर्णय भएको प्रवक्ता पन्थिले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप