बिचौलियाले पारेको योजनाको प्रमाण ल्याउनुस् कारबाही गर्छु : मुख्यमन्त्री सोडारी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिचौलियामार्फत योजना पारेको प्रमाण पेस गरे बिचौलियालाई कारबाही गर्न तयार रहेको बताएका छन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएको सवालको जवाफ दिँदै मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् । उनले भने, ‘कहिकतै बिचौलियाले योजना पारिहालेको प्रमाणसहित ल्याइराख्नुस् त्यसलाई त्यही ढंगको कारबाहीको लागि हामी तयार छौँ ।’
बजेट निर्माणको क्रममा योजना पार्न बिचौलियाहरू सक्रिय भएको भन्दै प्रतिपक्ष दल र सत्तारुढ दल एमालेले टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री सोडारीले सो कुरा स्पष्ट पारेका हुन् ।
यसैबिच मुख्यमन्त्री सोडारीले नीति तथा कार्यक्रममा छुटेका विषयवस्तुलाई आफूले बजेटमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सभामा राजनीतिक घटनाक्रमका कारण अझै पनि खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
-
कांग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिने छुट छैन : अध्यक्ष लिङ्देन
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
-
घट्यो ब्याजदर
-
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
-
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि