मन्त्रालयको भागबण्डा नमिल्दा मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ
बिहीबार, २४ जेठ २०८१, १९ : २९
काठमाडौँ । मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ भएको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबिच सहमति भइसकेको छ ।
जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी) ले ३ मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?
-
सांसदहरूले भने– वकालत गरेको १५ वर्षपछि वरिष्ठ अधिवक्ता बन्न पाउने समयावधि बढाउनु हुँदैन
-
पर्शुराम बस्नेतविरुद्ध अवहेलना मुद्दा दर्ता, बुधबारको पेसी
-
रामचरणको 'गेम चेन्जर' ओटीटीमा आउँदै