मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मन्त्रालयको भागबण्डा नमिल्दा मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ

बिहीबार, २४ जेठ २०८१, १९ : २९
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ भएको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबिच सहमति भइसकेको छ । 

जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी) ले ३ मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप