विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्नुपर्नेमा नेताहरूको जोड

काठमाडौँ । राजनीतिक दलका नेताहरूले विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग राखेको अन्तरक्रियामा बोल्दै नेताहरूले विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सरकारले विपद् व्यवस्थापनको सम्बन्धमा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रियामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपद्का कारण घर तथा जमिन गुमाएकाहरूलाई सरकारले जमिन उपलब्ध गराउनुपर्ने कानुन बनाउनुपर्ने बताए । उनले सरकारी जमिनलाई विपद् पीडितहरूले मात्रै प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै उनले कर्णालीमा जाने कर्मचारीहरूले काम नगर्ने गरेको भन्दै यसतर्फ गृहमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारले विपद्मा राहतका लागि दिने रकम पीडित समक्ष पुर्याउन प्रक्रियाको नाममा ढिलो गर्नु नहुने बताए । उनले नीतिगत रूपमा केही मिलाउन बाँकी भए विपद् आउनुअघि नै मिलाइसक्न सरकारलाई ध्यानाकर्षण गराए ।
जनमत पार्टीका सांसद अब्दुल खानले बाढी, पहिरो भूगोल अनुसार फरक–फरक रूपमा आउने भन्दै सोही अनुरूपको प्रतिकार्य योजना बनाउनुपर्ने बताए । उनले विपद्को दीर्घकालीन समाधान गर्नेगरी अग्रसरता लिन आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी)का नेता डा. गंगालाल तुलाधरले विपद्को बेलामा स्वयंसेवकका रूपमा खट्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई कर्तव्यबोध गराउन सक्नुपर्ने बताए । उनले अन्य क्षेत्रबाट जाने स्वयंसेवकभन्दा राजनीतिक क्षेत्रबाट जाने स्वयंसेवकले प्रभावकारी भूमिका देखाउन नसकेको भन्दै यसप्रति राजनीतिक दलहरू पनि सचेत हुनुपर्ने बताए ।
नेताहरूले मनसुनबाट आउने विपद्का लागि सम्पूर्ण रूपले तयार रहनका लागि सरकारलाई आग्रह गरेका छन् । विपद् प्रतिकार्यको सम्बन्धमा आफ्नो पार्टीले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि नेताहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा
-
मिस ग्लोबलमा भाग लिन कम्बोडिया पुगिन् विधि
-
विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ : उपप्रधानमन्त्री सिंह