फिफा विश्वकप छनोट खेलमा इराकको लगातार पाँचौँ जित

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा बिहीबार इराकले इन्डोनेसियालाई २–० गोलले हराएको छ । समूह ‘एफ’ बाट इराक विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ ।
दोस्रो चरणको छनोट प्रतियोगितामा इराकले लगातार पाँचौँ जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इराकले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
निर्धारित समयको ५४औँ मिनेटमा इराकका लागि आइमेन हुसैनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इराकका लागि अली जासिमले दोस्रो गोल थपेका थिए ।
पाँच खेल खेलेको इराक १५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेलबाट सात अंक हात पारेको इन्डोनेसिया दोस्रो स्थानमा आसिन छ ।
चार खेलबाट तीन अंक जोडेको भियतनाम तेस्रो र चार खेलबाट एक अंक बटुलेको फिलिपिन्स चौथो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ