मन्त्रिपरिषद्
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, २४ जेठ २०८१, १६ : ५६

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ । आजको बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।
‘ठोस एजेन्डा त थाहा भएन । तर केही देशका राजदूत फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव आउन सक्छ’, ती मन्त्रीको भनाइ छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीको भनाइ छ ।
भारतमा सम्पन्न चुनावपछि भाजपा नेता नरेन्द्र मोदी पुन प्रधानमन्त्री बन्ने र उनको शपथका दिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा आएकाले प्रधानमन्त्री आइतबार भारतको नयाँदिल्ली जाने तयारीमा छन् । त्यसको औपचारिक निर्णय हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत