मिटिङमा तपाईंको ठाउँमा बसिदिनेछ अब तपाईंको एआई अवतार
काठमाडौँ । सोच्नुस् त कुनै विशेष दिनको लागि तपाईँले खास योजना बनाउनुभयो । तर त्यही बेला हाकिमले तपाईँलाई फोन गरेर एउटा महत्त्वपूर्ण बैठक छ, जसरी भए पनि आउनै पर्छ भनेर भने भने के होला ? यस्तोमा मुड खराब हुनु त सामान्य नै हो । यो समस्याको समाधान कसरी गर्ने त ? तपाई सहभागी हुनु पर्ने बैठकमा तपाईँको एआई अवतार सहभागी हुन सक्नेछ ।
यो अन्त होइन जुम मीटिङ एपमा चाहिँ सम्भव हुने भएको छ । भिडियो कन्फ्रेन्सिङ एप जुमका सीईओ एरिक युआनले यसबारे जानकारी पनि दिएका छन् । अब प्रयोगकर्ताको एआई अवतार पनि उनको ठाउँमा बैठकमा उपस्थित हुन सक्ने उनले बताएका छन् । यी अवतारहरूलाई पहिला नै प्रयोगकर्ताको बैठक एजेन्डा र पहिलाका कन्टेन्टका आधारमा तालिम दिइनेछ । सोहीका आधारमा एआई अवतारले मिटिङमा तपाईँको प्रतिनिधित्व गरिदिनेछ । आगामी दिनमा एआई अवतारले बैठकहरूमा मानिसको स्थान लिने युआनको भनाई छ ।
आगामी ५–६ वर्षमा ९० प्रतिशत काम एआईमार्फत हुने उनको भनाइ छ । ‘आज तपाईँ र म अनलाइनमा कुराकानी गरिरहेका छौँ । तर भोलि मेरो एआई अवतारले मेरो ठाउँमा तपाईँसँग कुरा गर्नेछ । यसले मानिसको निजी जीवन र कामबिच सन्तुलनमा सुधार हुनेछ ।’ उनले भनेका छन् । जुमले छिट्टै आफ्नो प्लेटफर्ममा धेरै एआई फिचरहरू थप्दैछ । यी फिचरहरू आएपछि स्वचालित ट्रान्सक्रिप्शन जस्ता फिचर उपलब्ध हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना
-
आर्सनल, इन्टर मिलान र एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरणमा