सङ्खुवासभाबाट खैरो हेरोइनसहित भारतीय पक्राउ
बिहीबार, २४ जेठ २०८१, १६ : ३६

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बाट एक जना भारतीय नागरिक अवैध लागु औषध खैरो हेरोइनसहित बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा साहेवजानलाई टुँडिखेल बसपार्क क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । ‘केही समयदेखि उनले लागु औषधको कारोबार गरिरहेको गोप्य सूचना आएको थियो । त्यसैको आधारमा हामीले निरन्तर निगरानीपछि उनलाई पक्राउ गर्न सफल भयौँ,’ लामिछानेले भने ।
उनको साथबाट २.८ ग्राम खैरो हेरोइन र नगद २० हजार रुपैयाँ बरामद गरिएको प्रहरीको भनाई छ । उनीमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म