युगान्डाका ४३ वर्षीय बलरले बनाए विश्वकपमा यस्तो कीर्तिमान

काठमाडौँ । युगान्डाका ४३ वर्षीय अफ–स्पिनर फ्रांक नसुबुगाले पपुवा न्युगिनीविरुद्धको खेलमा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । बिहीबार बिहान भएको खेलमा उनले टी–२० विश्वकपको इतिहासकै सबैभन्दा किफायती बलिङ (कम्तीमा ४ ओभर) गरेका हुन् ।
नसुबुगाले ४ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र ४ रन खर्चिएर दुई विकेट लिन सफल भए । उनको बलिङको मद्दतले युगान्डाले गुयानामा पपुवा न्युगिनीविरुद्ध ऐतिहासिक जित हासिल गर्न सफल भएको थियो ।
यसअघि गत जुन ३ मा न्युयोर्कमा श्रीलंकाविरुद्धको खेलमा एनरिच नोर्टजेले ४ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।
नसुबुगाले टी–२० विश्वकपको खेलमा २० वटा डट बल फाल्ने दोस्रो बलर पनि बनेका छन् । यसअघि श्रीलंकाका अजन्था मेन्डिसले सन् २०१२ मा यो उपलब्धि हासिल गरेका थिए । मेन्डिसले ४ ओभर बलिङ गर्दै २ मेडनसहित ८ रन खर्चेर ६ विकेट हात पारेका थिए ।
त्यस्तै, बंगलादेशका मोहम्मदुल्लाहले सन् २०१४ को विश्वकपमा ४ ओभर बलिङ गर्दै ८ रन खर्चेर १ विकेट लिएका थिए । श्रीलंकाकै वानिन्दु हसरंगाले सन् २०२२ मा ४ ओभर बलिङ गरेर मात्र ८ रन खर्चिदै ३ विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु