आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

देशकै पहिलो महिला राष्ट्रपति निर्वाचित भएको केही घण्टामा मेक्सिकोमा महिला मेयरको हत्या

बिहीबार, २४ जेठ २०८१, १५ : ५४
बिहीबार, २४ जेठ २०८१

मेक्सिको सिटी । पश्चिम मेक्सिकोको एक सहरमा महिला मेयरको गोली हानेर हत्या गरिएको छ । देशले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति निर्वाचित गरेको केही घण्टामा सोमबार मिचोआकान राज्यको कोतिजा शहरकी मेयर योलान्दा सान्चेज फिगुएरोआको गोली हानेर हत्या भएको हो । उनी बडीगार्डको साथमा जिमबाट फर्किरहेको समयमा यो घटना भएको बताइएको छ ।

सेतो भ्यानमा आएका मानिसहरूले उनीमाथि गोली प्रहार गरेका थिए । फिगुएरोआ र उनको बडीगार्ड दुबैको अस्पतालमा मृत्यु भएको छ । यस मामिलामा छानबिन भइरहेको बताइएको छ । पछिल्लो आम निर्वाचन मेक्सिको इतिहासको सबैभन्दा धेरै रक्तपातपूर्ण निर्वाचन रह्यो । चुनावी अभियानका क्रममा देशभरमा दर्जनौं उम्मेदवार र आवेदकहरूको हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप