आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले बिरुवा रोप्ने

बिहीबार, २४ जेठ २०८१, १५ : ०६
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले ‘आइसिसि पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘Nepal Scores, OMODA grows’ नारामा एक वातावरणीय योजना ल्याएको छ । दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा मा ओमोडाले बिरुवा रोप्नेछ ।

यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् ।

एस.पि.जि. अटोमोबाइल्स प्रा. लि.का निर्देशक गौरव शारडाले, दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गर्दै भने, “यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ ।”

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी हुने कम्पनीको विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप