केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्याउने गरी जुटेका छौँः मन्त्री गिरी

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल शुरु गरेका छन् ।
बिहीवार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विषयगत रुपमा छलफल गरेका हुन् । छलफलका क्रममा उनले विधेयकमा सहमति जुट्न नसकेका मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरेको बताए । उनले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा संसदको समितिमा सहमति नजुटेकाले सोही विषयमा छलफल गरेको बताए । उनले छिटै नै छलफललाई टुंग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको बताए ।
मन्त्री गिरीले सरकारले संसदमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गरेको बताए । मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गरेका हुन् । आज नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग पनि छलफल गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो