विराट कोहलीको नाममा सर्वाधिक रन

काठमाडौँ । हालसम्म आईसीसी टी–२० विश्वकपको आठवटा संस्करण सम्पन्न भइसकेको छ । टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । विराटले सन् २०१२ मा पहिलो पटक टी–२० विश्वकप खेलेका थिए ।
त्यसयता उनले टी–२० विश्वकपमा २८ खेल खेलिसकेका छन् । २८ खेलको २६ पालीमा उनले कुल एक हजार एक सय ४२ रन बनाएका छन् । यस क्रममा उनले १४ वटा अर्धशतक पनि बनाएका छन् । टी–२० विश्वकपमा उनको उच्च स्कोर अविजित ८९ रन हो । टी–२० विश्वकपमा उनको स्ट्राइक रेट १३१.३० रहेको छ ।
टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा श्रीलङ्काका माहेला जयाबद्र्धने छन् । उनले सन् २००७ देखि सन् २०१४ सम्म टी–२० विश्वकप खेलेका थिए । उनले टी–२० विश्वकपमा कुल एक हजार १६ रन बनाएका छन् ।
यस क्रममा जयाबद्र्धनेले एक शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । टी–२० विश्वकपमा उनको उच्च स्कोर भने एक सय रन हो । टी–२० विश्वकपमा जयाबद्र्धनेको स्ट्राइक रेट भने १३४.७४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु
-
माओवादीको ४० बुँदे मागलाई सरकारले हलुका ढंगले लिँदा ठुलो क्षति भयो
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो