टी–२० विश्वकपका भाग्यमानी कप्तान
बिहीबार, २४ जेठ २०८१, १४ : २२

काठमाडौँ । हालसम्म दुई पटक आईसीसी टी–२० विश्वकपको उपाधि जित्ने कप्तान एक जना मात्र छन् । उनी हुन्, वेस्ट इन्डिजका ड्यारेन सामी । सामीकै कप्तानीमा वेस्ट इन्डिजले दुई पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।
यस्तो उपलब्धि अन्य कप्तानले हासिल गर्न सकेका छैनन् । वेस्ट इन्डिजले सन् २०१२ मा विश्वकपको उपाधि जित्दा सामी टोलीका कप्तान थिए । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो ।
यसैगरी सन् २०१६ मा वेस्ट इन्डिजले दोस्रोपटक टी–२० विश्वकपको उपाधि उचाल्दा पनि सामी नै टोलीका कप्तान थिए । त्यतिबेला सामीकै कप्तानीमा वेस्ट इन्डिजले फाइनलमा इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु
-
माओवादीको ४० बुँदे मागलाई सरकारले हलुका ढंगले लिँदा ठुलो क्षति भयो
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो