प्रधानमन्त्रीले समाजवादी मोर्चा पोलेर खाइसके : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसहितको ४ दलीय समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका छन् । दल विभाजनपश्चात् सरकारबाट बाहिरिएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोशित हुँदै मोर्चाको औचित्य समाप्त भएको बताएका हुन् ।
‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि । मोर्चा भए नि सहभागी हुने । मोर्चा नै सिध्याएपछि सहभागीको औचित्य छैन’, बिहीबार रातोपाटीसँग यादवले भने ।
सत्ता समीकरण फेरिएपछि यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री थिए । उनी अमेरिका र कतार भ्रमण रहेकै बेला जसपा नेपालका सङ्घीय परिषद्का अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको उनको आरोप छ । सरकारबाट बाहिरिएपछि मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले बुधबार यादवसँग छलफल गरेका थिए । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ