चीनमा किन भाइरल भइरहेको छ यो झरना ?

बेइजिङ । चीनमा निकै चर्चित एक झरनाले यतिबेला सामाजिक सञ्जालमा सामान्यतः भन्दा धेरै नै अरूको ध्यान खिचिरहेको छ । एउटा भिडियोमा सो झरनामा पाइपबाट पानी ल्याएर खसालिएको देखिएको छ ।
‘युन्ताई झरना’ नामको याे झरना युन्ताई माउन्टेन पार्कमा छ । यस झरना चीनको उत्तर–मध्य हुनान प्रान्तको मुख्य पर्यटकीय आकर्षण मध्येमा पर्दछ । चीनको पर्यटन मन्त्रालयले यस पार्कलाई फाइभए रेटिङ दिएको छ । यो भनेको त्यहाँको पर्यटकीय गन्तव्यलाई मन्त्रालयले दिने सबैभन्दा ठुलो रेटिङ हो ।
झरनामा आउने पानीको स्रोतलाई पार्कको वेबसाइटले ‘मिल्की वे तलतिर खसिरहेको जस्तो’ भनेर व्याख्या गरेको छ । चीनको सामाजिक सञ्जालमा यही हप्ता ३१४ मिटर लामो सो झरनामा पाइपबाट पानी आपूर्ति गरिएको भिडियो सार्वजनिक भएको थियो ।
झरनाबाट बग्ने पानीको स्रोत आगन्तुकहरूले सोचेजस्तो पूर्ण प्राकृतिक नहुन सक्ने सङ्केत यसले गरेको छ । यो भिडियोमा पार्क व्यवस्थापनले पनि प्रतिक्रिया दिएको छ । सुख्खा मौसमका कारण झरनाबाट खस्ने पानीको आकार बढाउन पाइपबाट पानी खन्याउनुपरेको बताएको छ ।
यो भिडियो हेरेर चीनमा कयौँ मानिस छक्क परेका छन् । केहीले भने पार्क व्यवस्थापनले अपनाएको उपायको सराहना गरेका छन् । सुख्खाको मौसममा झरना पूरै सुक्ने स्थिति आउन नदिन चीनले यस्तै खालको उपायहरू अपनाउने गरेको छ ।
दक्षिण पश्चिम चीनको कुईचाउ प्रान्तमा सुख्खाका कारण बर्सेनि हुआङ्गगुओशु झरना सानो हुने वा सुक्ने समस्या देखिन थाल्थ्यो । यो समस्या समाधान गर्न सन् २००४ मा चीनले झरनाभन्दा केही पर बाँध बनाएर त्यहाँको पानी झरनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ