बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘गाउँ आएको बाटो’को प्रिमियरमा कस्ले के भने ?

बिहीबार, २४ जेठ २०८१, १३ : ४६
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्मको प्रिमियरमा एमाले सांसद रघुजी पन्त, एमाले सांसद रघुजी पन्त, पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किराती, निर्देशक निश्चल बस्नेत, अभिनेत्री आँचल शर्मा, पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, दीया मास्के, अभिनेता नाजिर हुसेन, अभिनेत्री सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्का लगायतका नेता, कलाकार, साहित्यकारदेखि रङ पत्रकारको पनि उपस्थिति थियो । फिल्मले प्रिमियर मिश्रित प्रतिक्रिया पाएको छ । 

एमाले सांसद रघुजी पन्तले फिल्म राम्रो बनेको र फिल्मले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथि परेको असरलाई सुन्दर ढङ्गबाट देखाइएको बताए ।

पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले आफू यही समुदायमा जन्मे हुर्केकाले पनि फिल्मले छोएको बताए ।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको फिल्म हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए । 

अभिनेता नाजिर हुसेनले ‘गाउँ आएको बाटो’मा दयाहाङ राईको भूमिकाको तारिफ गरे । 

अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने कुरा नजिकबाट महसुस गर्न पाएको बताइन् ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेर्दा निकै मज्जा आएको बताइन् ।

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटा’ले बाबु र छोरा बिचको प्रेमकथामा बोल्छ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप