वार्नरको नाममा दुई नयाँ कीर्तिमान, फिन्च र गेलको रेकर्ड तोडियो
![वार्नरको नाममा दुई नयाँ कीर्तिमान, फिन्च र गेलको रेकर्ड तोडियो](https://npcdn.ratopati.com/media/news/warner_RmXnSmA7Iy.webp)
काठमाडौँ । अस्ट्रेलियाका डेभिड वार्नर टोलीका लागि अन्तर्राष्ट्रिय टी–२० खेलहरूमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । बिहीबार बिहान ओमानविरुद्ध अर्धशतकीय इनिङ्स खेल्दै उनले सो रेकर्ड बनाएका हुन् ।
उनले यसमा पूर्व कप्तान एरोन फिन्चलाई उछिनेका हुन् । बिहीबारको खेलमा उनले ५१ बलमा ५६ रन जोडेका थिए । यस क्रममा उनले ६ चौका र १ छक्का हिर्काए ।
योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले १०४ खेलमा ३ हजार १५५ रन बनाएका छन् । यसअघि फिन्चले १०३ खेलमा ३ हजार १२० रन बनाउँदै यो सूचीमा शीर्ष स्थानमा रहेका थिए । तेस्रो स्थानमा १ सय ७ खेलमा २ हजार ४६८ रन बनाएका ग्लेन म्याक्सवेल रहेका छन् ।
यता, वार्नर टी–२० खेलहरूमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले टी–२० खेलहरूमा अर्धशतकको सङ्ख्या १ सय ११ पुर्याएका छन् ।
उनले वेस्ट इन्डिजका पूर्वखेलाडी क्रिस गेलले बनाएको १ सय १० वटा अर्धशतकको विश्व कीर्तिमान भङ्ग गर्न सफल भए । यस सूचीमा भारतका विराट कोहली तेस्रो स्थानमा छन् । उनले १ सय ५ वटा अर्धशतक बनाएका छन् ।
पाकिस्तानका कप्तान बाबर आजम चौथो स्थानमा छन् । उनले १ सयवटा अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु