विना आधारका पूर्वाधारमा सरकारको लगानी रोक्न निशा डाँगीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सरकारले हरेक वर्ष प्रस्तुत गर्ने बजेट विना आधारका पूर्वाधारमा केन्द्रित हुने गरेको बताउँदै त्यस्तो प्रवृत्ति रोक्न माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद डाँगीले लाभ र आवश्यकता समेत पुष्टि नगरी हरेक वर्ष नयाँ–नयाँ योजनाहरू ल्याउने गरेको बताइन् ।
उनले भनिन– ‘त्यो योजनाले के गर्छ, कसको लागि ल्याइएको हो ? आवश्यक छ कि छैन त्यो पनि थाहा हुँदैन तर योजना घोषणा गर्नका लागि मात्र हामीलाई हतारो भइरहेको हुन्छ । हामीसँग सीमित स्रोत मात्र छ, सीमित बजेट मात्र छ तर हरेक वर्ष असीमित योजनाहरू घोषणा गरिरहेका हुन्छौँ ।’
सङ्घ, प्रदेशदेखि स्थानीय तहसम्म हाम्रो अधिकांश बजेट भ्यु टावर, स्वागत गेट र कङ्क्रिटमा रहेको प्रतिमा बनाउनका लागि खर्च भइरहेको बताइन । हरेक जिल्ला, गाउँमा यस्तै विकासको प्रवृत्ति देखिएको भन्दै राज्यको अरबौँ अरब रुपैयाँ खेर गइरहेको बताइन् ।
अर्कोतिर आवश्यक पूर्वाधार नहुँदा जनताले दुःख पाइरहेको उल्लेख गरिन् । पर्याप्त सडक नहुँदा जोखिम मोलेर यात्रा गर्न जनताहरू बाध्य भइरहेको, आवश्यक स्थानमा पुल नहुँदा हरेक वर्ष नागरिकहरूले ज्यान गुमाइरहेकोको प्रति उनले ध्यानाकर्षण गराइन् ।
आवश्यक ठाउँमा पूर्वाधार निर्माण नगरी राज्यले नागरिकको हत्या गरिरहेको पनि उनको आरोप छ । यस्तै राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर स्रोतको सुनिश्चितता नहुँदा विकास शब्द प्रति नै जनताहरू निराश भइरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना