कोन्टे नापोलीको नयाँ म्यानेजर नियुक्त
बिहीबार, २४ जेठ २०८१, १२ : ४४

काठमाडौँ । एन्टोनियो कोन्टे इटालियन क्लब नापोलीको नयाँ म्यानेजर नियुक्त भएका छन् । चेल्सी र टोटनह्याम हटस्पर्सका पूर्वम्यानेजरले क्लबसँग ३ वर्षको करार गरेका हुन् ।
सन् २०२३ को मार्चमा आपसी समझदारीमा स्पर्स छाडेपछि ५४ वर्षीय कोन्टे कामविहीन थिए । स्पर्समा रहँदा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनले पहिलो सिजनमा नै चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । दोस्रो सिजनमा टोलीलाई एफए कपको उपाधि दिलाए पनि उनी सन् २०१८ मा बर्खास्त भएका थिए ।
इटालियन प्रशिक्षकले सन् २०११ देखि २०१४ को बिचमा युभेन्टसलाई तीनवटा सिरिएको उपाधि दिलाएका थिए । गत वर्ष ३३ वर्षपछि लिग उपाधि जिते पनि टोलीले त्यस सफलतालाई दोहोर्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?